प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १४, सोमबार ११:०३
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आइतबार आफ्नो जन्मदिन परेको छ ।

यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, “सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।”

ADVERTISEMENT

बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका हुन् ।

शाहले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा भइसकेको छ। उनको जन्मदिनको अवसरमा आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा समर्थक, राजनीतिक सहकर्मी र सर्वसाधारणले शुभकामना दिइरहेका छन्। युवा प्रधानमन्त्रीबाट मुलुकले ठूलो परिवर्तनको अपेक्षा राखेको भन्दै धेरैले उनको सफल कार्यकालको कामना गरेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार ११:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !