मलेसियामा मुख्यमन्त्री सिंहलाई भव्य स्वागत

मलेसियामा मुख्यमन्त्री सिंहलाई भव्य स्वागत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १०:१६
मलेसियामा मुख्यमन्त्री सिंहलाई भव्य स्वागत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार बिहान मलेसिया पुगेका छन् ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतो, महासचिव विष्णु बराल, सचिव उमेश महतो, गैरआवासीय मधेसी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’, मलेसियामा कार्यरत पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले स्वागत गरेका हुन् ।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले स्वागत गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आफूले पाएको आत्मीयता र सहयोगले मलेसिया भ्रमणलाई अझ अर्थपूर्ण बनाएको बताएका छन् ।

 

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !