एमाले प्रमुख सचेतक बर्तौला भन्छन्– उपसभामुखविरुद्ध तत्काल महाभियोग प्रस्ताव दर्ता हुँदैन

एमाले प्रमुख सचेतक बर्तौला भन्छन्– उपसभामुखविरुद्ध तत्काल महाभियोग प्रस्ताव दर्ता हुँदैन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १७:०२
एमाले प्रमुख सचेतक बर्तौला भन्छन्– उपसभामुखविरुद्ध तत्काल महाभियोग प्रस्ताव दर्ता हुँदैन

काठमाडौं : सरकार नेतृत्वकर्ता दल नेकपा (एमाले)का प्रमुख सचेकत महेश बर्ताैलाले उपसभामुख इन्दिरा रानाविरुद्ध तत्काल महाभियोग प्रस्ताव दर्ता नहुने बताएका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सांसदहरुको हस्ताक्षर संकलन कार्य भइरहेको छ । हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजभोलि नै उपसभामुखलाई हटाउन प्रस्ताव दर्ता नहुने बताए ।

ADVERTISEMENT

‘उहाँलाई आजभोलि नै सत्तारुढ दलहरूले पद अनुसारको आचरण नगरेको भनेर हटाउने प्रस्ताव ल्याउन लागिएको होइन । अहिले भर्खर कुनै प्रस्ताव दर्ता गर्न खोजिएको छैन,’ उनले भने ।

एमाले र कांग्रेसले उपसभामुख रानालाई महाभियोग लगाउनका लागि सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन् । तर, प्रमुख सचेतक बर्ताैलाले उनलाई तत्काल हटाउन प्रस्ताव नलैजान बताए ।

यद्यपि, उससभामुख रानासँगको केही हिसाब राफसाफ भने गर्नुपर्ने भएको नेता बर्ताैलाको भनाइ छ ।

‘अहिले रास्वपासहित केही दलहरूले भिजिट भिसा प्रकरणको विषयलाई लिएर सदन बहिस्कार गरिरहेका छन्।

हिजो उपसभामुखले पनि असम्बन्धित मान्छेलाई अमेरिका लैजानको लागि अमेरिकी दूतावासमा पत्र लेख्नुभएकै हो। त्यो विषय अहिलेसम्म राफसाफ भएको छैन,’ एमाले प्रमुख सचेतक बर्ताैला भन्छन्, ‘‘तर उठेका बहस र छलफललाई समयक्रममा निरूपण गर्नुपर्छ ।

उहाँमाथि उठेको विषयमा संसद्ले राफसाफ पार्नुपर्छ । यो सरकारको विषय होइन । संसद्को विषय हो । तर आजभोलि नै उहाँलार्ई हटाउने प्रस्ताव राख्ने मनसाय छैन ।’

राना रास्वपको तर्फबाट उपसभामुख बनेकी हुन् । गत जेठ १३ गतेदेखि रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करीको आरोप लगाउँदै उच्चस्तरीय वा संसदीय छानबिन समिति गठनको माग राखेर सदनमा विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १७:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !