स्वास्थ्यमन्त्री सिंहद्वारा सिरहा प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन, नागरिकमैत्री सेवा दिन निर्देशन

स्वास्थ्यमन्त्री सिंहद्वारा सिरहा प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन, नागरिकमैत्री सेवा दिन निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १६, शुक्रबार २२:०७
स्वास्थ्यमन्त्री सिंहद्वारा सिरहा प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन, नागरिकमैत्री सेवा दिन निर्देशन

सिरहा : मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले शुक्रबार सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्।

अस्पतालको सरसफाइ, औषधिको अभावलगायत विषयमा पटक–पटक गुनासो आएपछि मन्त्री सिंह स्वयं अस्पताल पुगेका हुन्। अनुगमनका क्रममा उनले अस्पतालमा सञ्चालित सेवा, पूर्वाधार, औषधि व्यवस्था, सरसफाइ लगायतका पक्षको स्थलगत अवलोकन गरे।

ADVERTISEMENT

मन्त्री सिंहले अनुगमनपछि अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई सेवामा लापरवाही नगर्न निर्देशन दिएका छन्। उनले भने, “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। उपचारका लागि अस्पताल आउने कसैले पनि अपमानित महसुस गर्नु हुँदैन।”

नागरिकमैत्री व्यवहार र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिँदै उनले अस्पताललाई व्यवस्थित र सेवा केन्द्रित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

“१५० शय्याको यो अस्पताललाई अब विशेषज्ञ सेवा दिने स्तरमा लैजान आवश्यक पहल गरिन्छ,” उनले भने, “विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक कक्ष र बाहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्छ।”

उनले अस्पतालका चिकित्सक तथा कर्मचारीहरूलाई सेवा प्रवाहमा संवेदनशील र उत्तरदायी बन्न पनि आग्रह गरे।

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार २२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !