म छोरी हुँ – कविता

म छोरी हुँ – कविता
पुजाकुमारी पण्डित पुजाकुमारी पण्डित २०८२ असार ३२, बुधबार २२:३९
म छोरी हुँ – कविता

म छोरी हुँ, कसरी बाँचिन्छु?
धनीको खुट्टा मुनि कसरी मिचिन्छु?

स्कुल पढ्न गएँ,
तर सरले नराम्रो तरिकाले छोए,
रुँदै रुँदै बाहिर आएँ,
तर कसैले सोधेन्—के भयो?

ADVERTISEMENT

छोरी भएकै कारण,
सबैले मजाक उडाए,
मनको पीडा मनमै राखेँ,
न्यायको सट्टा अन्याय पाएँ।

गरिब थिएँ,
कसैको “स्रोत” थिएन,
त्यही भएर होला,
आज यस्तो अवस्था पाएँ।

दानवलाई सजाय दिनुको सट्टा,
उसैलाई विजय बनाइयो,
म छोरी हुँ—
तर मसँग यस्तो दुरव्यवहार गरियो।

रुँदै रुँदै भगवानको अगाडि गएँ,
न्याय खोज्दा पनि अन्याय नै पाएँ।

घोर कलियुगमा किन जन्म दिनुभयो भगवान?
रावणको सट्टा राम जन्माउनुभयो,
तर सीता जस्ती पवित्रमाथि पनि
दुराचार गर्नुभयो भनेर—
भूकम्प आउँछ कि भन्ने गरी
मन थर्कन्छ आज!

रावणलाई मारेर
रामजस्तो ‘मानव’ जन्माउनुको
के अर्थ थियो?

म छोरी हुँ—
तर कसरी बाँचिन्छु?
धनीको खुट्टा मुनि
कसरी मिचिन्छु?

नाम : पुजा कुमारी पण्डित
घर : जनकनन्दिनी गाउँपालिका-४ खजुरी

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार २२:३९
पुजाकुमारी पण्डित

पुजाकुमारी पण्डित

लेखक


तपाईको प्रतिक्रिया !