धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार कमल साहको उम्मेदवारी खारेज

धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार कमल साहको उम्मेदवारी खारेज
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १९, मंगलवार २०:०५
धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार कमल साहको उम्मेदवारी खारेज

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल साहको उम्मेदवारी खारेज भएको छ।

मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उजुरीमा साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको दाबी गरिएको थियो।

ADVERTISEMENT

उक्त उजुरी फागुन ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको थियो। त्यसपछि आयोगले सोही दिन उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो।

निर्वाचन आयोगले फागुन १८ गते निर्णय गर्दै साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। आयोगको निर्णयसहितको पत्र आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएको अधिकृत बरालले जानकारी दिए।

प्रकाशित मिति: २०८२ फाल्गुन १९, मंगलवार २०:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !