दुबईस्थित गैरआवासिय मधेशी संघद्वारा सप्तरीका जयराम मण्डलको शव नेपाल ल्याइयो

दुबईस्थित गैरआवासिय मधेशी संघद्वारा सप्तरीका जयराम मण्डलको शव नेपाल ल्याइयो
मधेशपत्र मधेशपत्र २०८२ माघ १४, बुधबार ०९:२२
दुबईस्थित गैरआवासिय मधेशी संघद्वारा सप्तरीका जयराम मण्डलको शव नेपाल ल्याइयो

जनकपुरधाम : जनमत पार्टीको भातृ संगठन गैरआवासिय मधेशी संघ (एनआरएमए) युएई, दुबईको पहलमा सप्तरी जिल्लाको राजविराज नगरपालिका-१३ विपहरिया निवासी जयराम कुमार मण्डलको शव उद्धार गरी नेपाल ल्याइएको छ।

विदेशमा रोजगारीका क्रममा निधन भएका मण्डलको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न गैरआवासिय मधेशी संघ युएईले विशेष पहल गरेको हो। आर्थिक तथा प्रशासनिक जटिलताका कारण शव स्वदेश ल्याउन कठिनाइ भइरहेका बेला संघको सक्रियतामा उद्धार सम्भव भएको जनाइएको छ।

ADVERTISEMENT

शव उद्धार प्रक्रियामा सहयोग पुर्‍याउने जनमत पार्टी अध्यक्ष डा. सिके राउत, एनआरएमए हेल्फ डेक्सका संयोजक सुरेन्द्र भण्डारी ,जनमत पार्टी केन्द्रीय सदस्य तथा गैरआवासिय मधेशी संघ युएईका अध्यक्ष सदाम अंसारी र जनमत पार्टी केन्द्रीय सदस्य लक्ष्मीकान्त गुप्ता (एलकेजी) प्रति संघले विशेष धन्यवाद व्यक्त गरेको छ।

गैरआवासिय मधेशी संघ युएईले विदेशमा अलपत्र परेका तथा समस्यामा परेका मधेशी श्रमिकहरूको हक–हित र सुरक्षाका लागि निरन्तर काम गर्दै आएको भन्दै यस्ता मानवीय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ १४, बुधबार ०९:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !