मधेशमा ट्राफिक नियम उल्लंघन गम्भीर समस्या : मुख्यमन्त्री सिंह

मधेशमा ट्राफिक नियम उल्लंघन गम्भीर समस्या : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २३, शुक्रबार ००:३६
मधेशमा ट्राफिक नियम उल्लंघन गम्भीर समस्या : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा ट्राफिक नियम उल्लंघन गम्भीर समस्या बनेको बताएका छन् ।

बिहीबार जनकपुरधाममा सुरु गरिएको ‘ट्राफिक सचेतनामूलक सप्ताह’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अन्य प्रदेशको तुलनामा मधेशमा नियम उल्लंघनको दर उच्च रहेको उल्लेख गरे ।

ADVERTISEMENT

“जबसम्म हरेक नागरिकले नियम पालना गर्ने बानी बसाल्दैन, तबसम्म सडक दुर्घटना न्यूनीकरण सम्भव छैन,” उनले भने, “यो केवल कानुनी विषय मात्र नभई जीवनको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो ।”

मुख्यमन्त्री सिंहले सवारीसाधन चालकको मनोविज्ञान, अनुशासन र सतर्कतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै ट्राफिक नियमको पालना आजैदेखि सबैले सुरु गर्न आग्रह गरे ।

उनले प्रदेश सरकार ट्राफिक सचेतना र नियम पालनामा कडाइ गर्न प्रतिबद्ध रहेको जनाउँदै सडक सुरक्षामा जनसहभागिता अपरिहार्य रहेको बताए । संयुक्त प्रयासबिना दुर्घटना न्यूनीकरण सम्भव नभएको उल्लेख गर्दै उनले परिवार, समुदाय र सरकार सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार ००:३६

तपाईको प्रतिक्रिया !