अबको विकल्प जनमत पार्टी हो : भोपेन्द्र यादव

अबको विकल्प जनमत पार्टी हो : भोपेन्द्र यादव
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २०, मंगलवार ११:३०
अबको विकल्प जनमत पार्टी हो : भोपेन्द्र यादव

रुपन्देही : जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले लुम्बिनी प्रदेशमा अब जनमत पार्टीले नेतृत्व लिनुपर्ने समय आएको बताएका छन्।

रुपन्देहीको भैरहवामा आयोजित परिचय, सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव यादवले प्रदेशमा जनमत पार्टीको संगठन सशक्त हुँदै गइरहेको दाबी गरे।

ADVERTISEMENT

‘लुम्बिनी प्रदेशमा जनताको अपेक्षा अनुसारको नेतृत्व लिन जनमत पार्टी तयार हुँदैछ,’ उनले भने, ‘अबको विकल्प जनमत पार्टी हो।’

सचिव यादवले लुम्बिनी प्रदेशमा फैलिएको भ्रष्टाचार, बढ्दो बेरोजगारी र जनताका समस्या प्रती सरकार उदासीन रहेको आरोप लगाए। यस्तो अवस्थामा जनताको विश्वास जनमत पार्टीप्रति बढ्दै गएको उनले उल्लेख गरे।

उनले संगठन विस्तारलाई प्राथमिकता दिन नेताकार्यकर्तालाई निर्देशन दिए। ‘हामीले संगठन सुधार र विस्तारलाई साथसाथै लैजानुपर्छ,’ यादवले भने, ‘जनता नजिक पुग्ने कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जरुरी छ।’

उनले पार्टीको विचार, नीति र उद्देश्य जनतासमक्ष पुर्‍याउन कार्यकर्तालाई सक्रिय र एकजुट हुन आह्वान गरे।

सचिव यादवले जनमत पार्टीका गतिविधिलाई नागरिकमैत्री बनाउँदै संगठन विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार ११:३०

तपाईको प्रतिक्रिया !