राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेन्टर सञ्चालनमा

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेन्टर सञ्चालनमा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३१, आईतवार १३:०२
राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेन्टर सञ्चालनमा

जनकपुरधाम : राम जानकी अस्पताल प्रा.लि. जनकपुरले न्युरो, ट्रमा तथा स्पाइन सेन्टर सञ्चालनमा ल्याएको छ। अस्पतालले विशेषज्ञ सेवा विस्तार गर्दै न्युरो, ट्रमा तथा स्पाइनसम्बन्धी उपचार सेवा सुरु गरेको हो।

नयाँ सेवाको शुभारम्भ अस्पतालका सञ्चालक गणेश साह र उनकी श्रीमतीले आइतबार पूजापाठ गरी गरेका छन्। अस्पतालले यस सेवामार्फत न्युरो, ट्रमा तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीलाई जनकपुरधाममै विशेषज्ञ उपचार उपलब्ध गराउने जनाएको छ।

ADVERTISEMENT

सेन्टरमा न्युरो चिकित्सक डा. आलोक झाले सेवा दिइरहेका छन्। अस्पतालका अनुसार डा. झाले हालसम्म पाँच जना न्युरोसम्बन्धी बिरामीको सफल उपचार गरिसकेका छन्।

डा. झा यसअघि विराटनगरस्थित न्युरो अस्पतालमा लामो समय काम गरेको अनुभव भएका चिकित्सक हुन्। न्युरो तथा स्नायु प्रणालीसँग सम्बन्धित जटिल समस्याको उपचारमा अनुभव हासिल गरेका डा. झाको सेवाबाट मधेश प्रदेशका बिरामी लाभान्वित हुने अस्पतालको अपेक्षा छ।

अस्पतालले न्युरो, ट्रमा तथा स्पाइनसम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले विशेषज्ञ सेवा विस्तार गरेको जनाएको छ। नयाँ सेवा सञ्चालनसँगै जनकपुरधाममा न्युरो तथा मेरुदण्डसम्बन्धी उपचारको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १३:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !