मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार ०८:४९
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले)का महासचिव एवं जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् ।

ADVERTISEMENT

“मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ । उनको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ ।मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल संगठक आश्रितलाई गुमाएको बताएका छन् । “जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो”, प्रधानमन्त्रीले भनेका छन् ।

तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुंगा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार ०८:४९

तपाईको प्रतिक्रिया !