रौतहटमा भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद

रौतहटमा भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १३, शनिबार १२:१८
रौतहटमा भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले चेकजाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ थान मोटरसाइकल र ४ साइकल बरामद गरेको छ।

सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्ससहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए ।

बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार १२:१८

तपाईको प्रतिक्रिया !