कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु

कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु
मधेशपत्र मधेशपत्र २०८१ माघ ७, सोमबार ०९:५३
कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु

विराटनगर: कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ।

आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि गत असोज ४ गते पाँचौँ तथा वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रकाशित मिति: २०८१ माघ ७, सोमबार ०९:५३

तपाईको प्रतिक्रिया !