यी दुई संसदीय समितिको बैठक पनि आजै

यी दुई संसदीय समितिको बैठक पनि आजै
मधेशपत्र मधेशपत्र २०८१ माघ ४, शुक्रबार ०९:४६
यी दुई संसदीय समितिको बैठक पनि आजै

काठमाडौं : राज्यव्यवस्था तथा सुशासन समितिबाहेक संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक शुक्रबार बस्दैछ।

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।

ADVERTISEMENT

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल हुने भएको छ।

बैठक बिहान ११ बजे बस्ने सिहंदरबारस्थित समितिको कार्यकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ। यसैगरी, बिहान साढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बैठकमा पुरानै एजेण्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८१ माघ ४, शुक्रबार ०९:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !