बनेपाको बुडोलमा दुई बस ठोक्किए, २० जना घाइते

बनेपाको बुडोलमा दुई बस ठोक्किए, २० जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १३:००
बनेपाको बुडोलमा दुई बस ठोक्किए, २० जना घाइते

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बस र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोक्किएका हुन्।

ADVERTISEMENT

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पुर्‍याइएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाका अनुसार घाइतेमध्ये १६ जनाको शिर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !