जनमतले काठमाडौंमा मनाए रंगभेद विरुद्धको एकता दिवस

जनमतले काठमाडौंमा मनाए रंगभेद विरुद्धको एकता दिवस
मधेशपत्र मधेशपत्र २०८१ मंसिर १०, सोमबार १९:१०
जनमतले काठमाडौंमा मनाए रंगभेद विरुद्धको एकता दिवस

काठमाडौँ : जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवसका मनाएको छ।

जनमतको काठमाडौँ उपत्यका समितिले सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण र्‍यालीसमेत निकालिएको थिए।

र्‍यालीमा जनमत पार्टीका महासचिव चन्दन सिंह, सचिव अनिता मण्डल ,केन्द्रीय कार्यकारिणी सदस्य हिरेन्द्र चौधरी ,केन्द्रिय सदस्य निहाल सिंह,सचिवालय प्रमुख राजेश मण्डल, प्रतिनिधि सभा सदस्य बिनिता सिंहसहित नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो।

जनमत पार्टीले मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउने गरेको छ।२०७१ मंसिर १० गते काठमाडौँको खुलामञ्चमा आयोजित कार्यक्रमबाट अध्यक्ष डा.सीके राउतलगायत पक्राउ परेका थिए।

सोही घटनाको स्मरणमा जनमतले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको छ।

प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार १९:१०

तपाईको प्रतिक्रिया !