तीनदिने भारत भ्रमणमा रवि लामिछाने, पत्नी निकितासहित तीर्थयात्रामा

तीनदिने भारत भ्रमणमा रवि लामिछाने, पत्नी निकितासहित तीर्थयात्रामा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:१४
तीनदिने भारत भ्रमणमा रवि लामिछाने, पत्नी निकितासहित तीर्थयात्रामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछानेसहित शुक्रबार बिहान भारततर्फ गएका हुन्।

लामिछाने बिहान काठमाडौंस्थित विमानस्थलबाट हवाईजहाजमार्फत धनगढी पुगेका थिए। त्यहाँबाट उनीहरू भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा मन्त्री प्रतिभा रावल पनि सहभागी छिन्।

ADVERTISEMENT

लामिछानेको सचिवालयका अनुसार यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटनका रूपमा तय गरिएको हो। भ्रमणका क्रममा उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

#MadheshPatra

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !