मधेश प्रदेशको सरकारी कामकाजको भाषा चाँडै लागु गर्ने : मुख्यमन्त्री सिंह

मधेश प्रदेशको सरकारी कामकाजको भाषा चाँडै लागु गर्ने : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ९, आईतवार २०:४०
मधेश प्रदेशको सरकारी कामकाजको भाषा चाँडै लागु गर्ने : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कामकाजको भाषा चाँडै लागु गर्ने बताएका छन् ।

सरकारी कामकाजको भाषाको बारेमा ध्यानाकर्षण गराउन पुगेको इन्टेलेक्चुअल फाउन्डेसन नेपालका प्रतिनिधिसँग मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

मधेस प्रदेशमा कुन कुन भाषा सरकारी भाषा हुने त्यो तयारी अवस्थामा छ चाँडै नै लागु हुने उनको भनाइ छ ।

सरकारले मैथिली, भोजपुरी, बज्जिकालगायत आठ वटा भाषाको नामावली तयार गरेर राखेको छ । त्यसमध्ये नै सरकार कामकाजको भाषा प्रयोगमा ल्याउने तयारी सरकारको रहेको इन्टेलेक्चुअल फाउन्डेसन नेपाल, सप्तरीका अध्यक्ष डा सूर्यप्रसाद यादवले बताए ।

यद्यपि भाषा आयोगले मधेस प्रदेशका लागि सरकारी कामकाजका भाषाका लागि मैथिली, भोजपुरी र बज्जिका सिफारिस गरेको छ ।

सरकारी कामकाजको भाषा लागु गर्न इन्टेलेक्चुअल फाउन्डेसन नेपालले मधेस प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारीलाई पनि ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार २०:४०

तपाईको प्रतिक्रिया !