सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ७, बुधबार ११:३६
सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ : सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारमा सहभागी सबै दलका नेता सहभागी छन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल भएको हो ।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत,उपाध्यक्ष अब्दुल खान,एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।

प्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार ११:३६

तपाईको प्रतिक्रिया !