सर्लाहीमा १० किलोग्राम गाँजासहित एक जना प्रहरीको फन्दामा

सर्लाहीमा १० किलोग्राम गाँजासहित एक जना प्रहरीको फन्दामा
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ५, सोमबार १७:१७
सर्लाहीमा १० किलोग्राम गाँजासहित एक जना प्रहरीको फन्दामा

वीरगन्ज : सर्लाहीबाट प्रहरीले लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रहम्पूरी गाउँपालिका वडा नम्बर ५ सखुअवा बस्ने २१ वर्षका पंकज साह रहेका छन् ।

पंकजले आफ्नो घरमा लुकाइछिपाई गाँजा राखेको सूचना प्रहरीलाई आएको थियो ।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले उनलाई १० किलोग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेकालाई लागु औषध समबन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार १७:१७

तपाईको प्रतिक्रिया !