वीरगन्जको बालमन्दिर आधारभूत विद्यालयमा २३० जना विद्यार्थीलाई खेलकुद सामग्री वितरण

वीरगन्जको बालमन्दिर आधारभूत विद्यालयमा २३० जना विद्यार्थीलाई खेलकुद सामग्री वितरण
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ५, सोमबार १६:१४
वीरगन्जको बालमन्दिर आधारभूत विद्यालयमा २३० जना विद्यार्थीलाई खेलकुद सामग्री वितरण

वीरगन्ज : वीरगन्जस्थित एक विद्यालयका दुइ सय ३० जना छात्रछात्राहरुका लागि जुत्ता तथा खेलकुद सामग्रीहरु उपलब्ध गराइएको छ । महानगरपालिकाको वडा नम्बर १० आदर्शनगरमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा सो सामग्रीहरु उपलब्ध गराइएको हो ।

वडाध्यक्ष सुशील कुमार कानुले विद्यालय प्राङगणमा एक समारोहबिच खेलकुद सामग्री तथा जुत्ताहरु वितरण गरेका हुन् ।

विद्यालयका छात्रछात्राहरुलाई खेलकुद तथा जुत्ताहरु आवश्यक रहेको गुनासोको आधारमा वडा समितिको कार्यालयले उक्त सामग्री उपलब्ध गराएको वडाध्यक्ष कानुले बताए ।

कार्यक्रममा प्रत्येक विद्यार्थीहरुका लागि एक÷एक जोर जुत्ता गरी २३० जोर, ३ थान चेस, ३ थान लुडो, फुटबल १ थान लगायतका सामानहरु वितरण गरीएको उनले जनाए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कुमार टिवडेवाल, विद्यालय निमित्त प्रधानध्यापक राज कुमारी सिंह, महिला वडा सदस्य मिश्रा देबि नगरकोटी, दलित महिला वडा सदस्य प्रेम शिला देवी, वडा सदस्यहरु सन्तोष जैसी, प्रभु प्रसाद महतो, वडा सचीव पवन कुमार प्रधान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कुमार साह लगायत विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार १६:१४

तपाईको प्रतिक्रिया !