मधेशमा बाढीले मात्रै ८० करोडभन्दा बढीको क्षति

मधेशमा बाढीले मात्रै ८० करोडभन्दा बढीको क्षति
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २३, बुधबार ११:०९
मधेशमा बाढीले मात्रै ८० करोडभन्दा बढीको क्षति

जनकपुरधाम : १० दिनअघिको बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ। यो क्षति १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको हो।

ADVERTISEMENT

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख रुपैयाँ तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाख रुपैयाँको क्षति भएको छ ।

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले हालसम्म आठ करोड रुपैयाँ निकासा गरेको छ।

प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ११:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !