जनमतको बृहद् र्यालीले तातियो सप्तरी–२ को चुनावी माहोल

जनमतको बृहद् र्यालीले तातियो सप्तरी–२ को चुनावी माहोल
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १६, शनिबार १९:२३
जनमतको बृहद् र्यालीले तातियो सप्तरी–२ को चुनावी माहोल

राजबिराज : सप्तरी–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सीके राउतको अगुवाइमा शनिबार बृहद् मोटरसाइकल र्याली निकालिएको छ। जनमत पार्टीका अनुसार करिब पाँच हजार मोटरसाइकल सहभागी उक्त र्यालीले सदरमुकाम राजबिराज नगर परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेको हो।

र्यालीमा सहभागी नेता–कार्यकर्ता तथा समर्थकहरू झण्डा र नारासहित नगरका मुख्य सडकमा उत्रिएका थिए। बजार क्षेत्र हुँदै विभिन्न चोक–गल्ली परिक्रमा गरिएको र केही समय ट्राफिक आवागमन प्रभावित भएको स्थानीयले बताएका छन्।

ADVERTISEMENT

र्यालीपछि आयोजित संक्षिप्त सम्बोधनमा जनमत पार्टीका अध्यक्षसमेत रहेका राउतले निर्वाचन नजिकिँदै जाँदा जनताको समर्थन आफ्नो पक्षमा बढ्दै गएको दाबी गरे। उनले सप्तरी–२ मा विकास, सुशासन र रोजगारीलाई मुख्य एजेन्डा बनाएको बताए।

स्थानीय राजनीतिक वृत्तमा शनिबारको प्रदर्शनले चुनावी समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ। यद्यपि अन्तिम परिणाम भने मतदाताको निर्णयमै निर्भर रहनेछ।

प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १९:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !