महोत्तरीको सोनामाई मन्दिरमा ‘भूत भगाउने मेला’ शुरु

महोत्तरीको सोनामाई मन्दिरमा ‘भूत भगाउने मेला’ शुरु
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २३, बुधबार ०८:४९
महोत्तरीको सोनामाई मन्दिरमा ‘भूत भगाउने मेला’ शुरु

महोत्तरी : महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिरमा भूतमेला शुरु भएको छ। पुजारी घनश्याम झाका अनुसार शरद नवरात्रको सप्तमीदेखि विजयादशमीका दिनसम्म मेला सञ्चालन हुन्छ।

भूतप्रेतजस्ता अदृश्य शत्तिबाट सताइएको विश्वास गर्नेहरू यो मेलामा सहभागी हुने मन्दिरका अर्का पुजारी कामेश्वर झाले बताए। सोनामाई शक्तिपीठमा दर्जनौँ धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउन तल्लीन रहन्छन्। पीडित भनिएकाहरू घरबाट रुँदै-कराउँदै आउने र सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको झाँक्री बताउँछन् ।

ADVERTISEMENT

मन्दिरमा एकपटक पुग्ने व्यक्तिको शरीरमा कहिल्यै भूतप्रेत नलाग्ने विश्वास गरिन्छ। मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटससहितहेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटनासम्मका श्रद्धालु पुग्ने गरेका छन्।

मेलामा सहभागी हुने भक्तजनका लागि रात्रिबासका साथै भोजन र सुरक्षाको राम्रो प्रबन्ध मिलाएको औरही नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ०८:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !