मधेश कृषि विश्वविद्यालयमा शिक्षा आर्जनको अवसर

मधेश कृषि विश्वविद्यालयमा शिक्षा आर्जनको अवसर
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २०, बिहीबार १३:३८
मधेश कृषि विश्वविद्यालयमा शिक्षा आर्जनको अवसर

राजविराज : कृषि तथा अन्य विषयमा उच्च शिक्षा हासिल गर्नका लागि नेपाली विद्यार्थीहरू विदेशमा जाने घुइँचो लागिरहेको बेला मधेशका छोराछोरी आफ्नै गाउँठाउँमा पढ्ने उच्च इच्छा राखेकालाई मधेश कृषि विद्यालयको कृषि महाविश्वविद्यालयमा कृषि विषयमा शिक्षा आर्जनको लागि ठूलो अवसर प्रदान गरेको छ।

मधेश प्रदेशको प्रदेश गौरवको योजनाको रूपमा रहेको मधेश कृषि विश्वविद्यालयले बिएसीएजी भर्ना खुलेको छ। यस विद्यालयले अढाई वर्षको अवधिमा दुईवटा समूहको पठनपाठन अगाडि बढाइ व्यवस्थित पुस्तकालय, आधुनिक उपकरणसहितको प्रयोगशाला व्यवस्थापन तथा वाली परीक्षण र अनुसन्धान स्थलको व्यवस्थापन गरेको छ ।

सो विश्वविद्यालयले विद्यार्थीहरूको पठनपाठनमा सहज तथा आधुनिकताको लागि विभिन्न निकायहरुसँग समन्वय गरेको छ ।

विश्वविद्यालयले विद्यार्थीहरूलाई विश्वविद्यालय मधेश कृषि
नयाँ तथा नवीनतम् प्रविधिहरूको ज्ञान तथा क्षमतामा विकासका लागि विभिन्न ठाउँमा जस्तै नवलपुर, तरहरा परवानीपुर, रामपुर जस्ता ठाउँहरूमा पठाई उनीहरुलाई नयाँ प्रविधिको बारे ज्ञान तथा सीप दिइने प्रयासरत रहेको जनाएको छ ।

यस विश्वविद्यालयले राजविराज- १३ स्थित कृषिनगरमा २६ विघा जग्गा प्राप्त गरी आफ्नो भवन निर्माणको कार्यसमेत अगाडि बढाएको छ । कृषि विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न विषयका क्षमता भएका गुणस्तरीय शिक्षकहरूको नियुक्ति गरेको छ।

हाल कृषि महाविद्यालयमा दुई समूह गरी १०० जना विद्यार्थीहरूको नियमित पठनपाठन गरेकोमा प्रदेशका सबै जिल्लाहरूको प्रतिनिधित्व रहदै महिला र पुरुषहरूको संख्या बराबरीको छ । जसमा दलित जनजाति मुस्लिम मधेशी थारुलगायतकाहरुको उपस्थिति रहेको छ।

प्रकाशित मिति: २०८१ भाद्र २०, बिहीबार १३:३८

तपाईको प्रतिक्रिया !