बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १७, सोमबार १६:२४
बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

कलैया : बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताएको छ ।

कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ छ हजार छ सय ८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार एक सय ४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए ।

प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार १६:२४

तपाईको प्रतिक्रिया !