आज देशका मधेशसहित पाँच प्रदेशमा वर्षा हुने

आज देशका मधेशसहित पाँच प्रदेशमा वर्षा हुने
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १६, आईतवार १०:१०
आज देशका मधेशसहित पाँच प्रदेशमा वर्षा हुने

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार १०:१०

तपाईको प्रतिक्रिया !