रास्वपा महाधिवेशनको दोस्रो दिन: भरतपुरमा सुरक्षा व्यवस्थामा उच्च कडाइ

रास्वपा महाधिवेशनको दोस्रो दिन: भरतपुरमा सुरक्षा व्यवस्थामा उच्च कडाइ
मधेशपत्र मधेशपत्र २०८३ असार ८, सोमबार १४:०६
रास्वपा महाधिवेशनको दोस्रो दिन: भरतपुरमा सुरक्षा व्यवस्थामा उच्च कडाइ

चितवन : चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षा व्यवस्थालाई अत्यन्तै चुस्त र कडा बनाइएको छ।

महाधिवेशन स्थल र आसपासको क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको हो।

ADVERTISEMENT

गत आइतबारदेखि भव्य रूपमा सुरु भएको रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशन आगामी मंगलबारसम्म चल्ने तालिका रहेको छ। महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र तथा विभिन्न सांगठनिक एवं नीतिगत विषयहरूमाथि छलफल हुने भएकाले पनि सुरक्षा जाँच र निगरानीमा थप कडाइ गरिएको बुझिएको छ।

प्रकाशित मिति: २०८३ असार ८, सोमबार १४:०६
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !