शहिदनगरमा भएको दुईवटै आगलागीको छानविन गरि दोषीलाई कारवाहीको माग

शहिदनगरमा भएको दुईवटै आगलागीको छानविन गरि दोषीलाई कारवाहीको माग
मधेश पत्र मधेश पत्र २०८३ असार ९, मंगलवार १८:४६
शहिदनगरमा भएको दुईवटै आगलागीको छानविन गरि दोषीलाई कारवाहीको माग

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा भएको दुईवटा आगलागीको घटना बारे छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।

जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ, धनुषाका अध्यक्ष वीरेन्द्र कुमार यादवले आगलागीको घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका हुन् । अध्यक्ष यादवले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाउदै दुईवटै आगलागीको घटनाको छानविन गरि संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।

ADVERTISEMENT

शहीदनगर नगरपालिकामा भएका आगलागीका घटनाहरू सामान्य घटना नभई योजनाबद्ध रूपमा प्रमाण नष्ट गर्ने उद्देश्यले गराइएको हुनसक्ने आरोप अध्यक्ष यादवले व्यक्त गरेका छन् । ‘विगतका विकास निर्माण, आर्थिक कारोबार, खरिद प्रक्रिया तथा भुक्तानी सम्बन्धी कागजातहरु नष्ट गर्ने उद्देश्यले आगजनी गरिएको हो, यादवले भने, यो मैले मात्रै नभई पुरै शहीदनगर नगरपालिकामा यसको व्यापक चर्चा भइरहेको छ ।’

अषाढ ४ मा शहीदनगर नगरपालिकाको प्रयोगविहीन अवस्थामा रहेको जेसिबीमा आगलागी भएको थियो । लामो समयदेखि प्रयोगमा नरहेको मेसिन अचानक सञ्चालनमा आएर केही समयमै जलेर नष्ट भएको घटनालाई स्थानीयले शंकास्पद मानेका छन् ।

त्यसको करिब एक सातापछि अषाढ ९ मा शहीदनगर नगरपालिकाको प्रशासनिक भवन तथा विभिन्न शाखा कार्यालयमा आगलागी भयो । एउटै संस्थासँग सम्बन्धित दुईवटा आगलागीका घटना छोटो अवधिमा दोहोरिनुलाई संयोग मात्र मान्न नसकिने स्थानीयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा नगरपालिकामा कथित आर्थिक अनियमितता, कमिसन र अपारदर्शी गतिविधिका विषयमा चर्चा चलिरहेका बेला आगलागी हुनुले प्रमाण तथा वित्तीय कागजात नष्ट गर्ने प्रयास भएको हुन सक्ने र सम्भावित लेखापरीक्षण वा सरकारी अनुसन्धानको डरले पनि यस्तो घटना गराइएको हुन सक्ने दाबी गरिएको छ ।

विद्यार्थी जनमत संघले घटनाको उच्चस्तरीय तथा निष्पक्ष छानबिन गर्न, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केन्द्रीय अनुसन्धान ब्यूरो (ऋक्ष्द्य) मार्फत प्राविधिक अनुसन्धान गराउन, सम्बन्धित पदाधिकारी, कर्मचारी तथा ठेकेदारहरूको भूमिकाबारे छानबिन गर्न र दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्न माग गरेको छ । साथै नगरपालिकाको सम्पूर्ण वित्तीय कारोबारको विशेष लेखापरीक्षण गर्न पनि आग्रह गरिएको छ ।

यस विषयमा समयमै सत्यतथ्य सार्वजनिक गरी जनविश्वास कायम गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।

विद्यार्थी जनमत संघले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।

आउँदो स्थानीय तहको निर्वाचनमा अध्यक्ष यादव शहीदनगर नगरपालिकाका मेयर पदमा उम्मेवारी दिने चर्चा व्यापक रुपमा चलिरहेको छ । युवाहरु माझ लोकप्रिय यादव निरन्त सामाजिक कार्यहरुमा समेत सक्रिय देखिन्छन् ।

प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १८:४६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !