जनमत पार्टीको ‘५०१ हिरोज हन्ट’ अभियान, देशभरबाट प्रतिभा खोजिने

जनमत पार्टीको ‘५०१ हिरोज हन्ट’ अभियान, देशभरबाट प्रतिभा खोजिने
मधेश पत्र मधेश पत्र २०८३ असार ८, सोमबार १६:०३
जनमत पार्टीको ‘५०१ हिरोज हन्ट’ अभियान, देशभरबाट प्रतिभा खोजिने

काठमाडौं : जनमत पार्टीले देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको खोजी तथा सम्मानका लागि ‘५०१ हिरोज हन्ट’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालयको असार ८ गते बसेको बैठकले राजनीतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, उद्योग, व्यापार तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूलाई ‘५०१ हिरोज’ का रूपमा सम्मान गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहद्वारा जारी सूचनाअनुसार ५० वर्षमुनिका समाजसेवी, अभियन्ता, अधिकारकर्मी, कलाकार, खेलाडी, बुद्धिजीवी, लेखक, साहित्यकार, पत्रकार, सञ्चारकर्मी, चिकित्सक, इन्जिनियर, वकिल, व्यवसायी, उद्यमी, वैज्ञानिक, अनुसन्धानकर्ता तथा युवा नेताहरूलाई कार्यक्रममार्फत सम्मान गरिनेछ।

पार्टीले उक्त अभियानलाई सम्मान कार्यक्रममा मात्र सीमित नराखी जनमत पार्टीलाई नवपरिवर्तनको शक्तिका रूपमा स्थापित गर्ने तथा देशका सक्षम र सिर्जनशील व्यक्तित्वहरूलाई जोड्ने उद्देश्यसमेत राखेको जनाएको छ।

सूचनामा इच्छुक व्यक्तिले स्वयं आवेदन दिन सक्ने वा अन्य व्यक्तिले पनि योग्य तथा सम्मानित हुन योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ।

जनमत पार्टीले ‘५०१ हिरोज हन्ट’ अभियानमार्फत समाजका विभिन्न क्षेत्रमा सक्रिय र प्रभावशाली व्यक्तित्वहरूको पहिचान, सम्मान तथा उनीहरूको अनुभव र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति: २०८३ असार ८, सोमबार १६:०३
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !