रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ८, मंगलवार १७:२७
रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै मंगलबार रिट परेको छ। उक्त रिट निवेदन दर्ता गर्ने नगर्नेबारे बुधबार निर्णय हुने भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार रिटको अध्ययन भइरहेको छ । बुधबारसम्म उक्त रिट दर्ता गर्ने वा दरपीठ गर्ने विषयमा निर्णय हुनेछ ।

ADVERTISEMENT

उक्त रिट कानुनका विद्यार्थी आयुष बडालले सोमबार सर्वोच्च प्रशासनमा लगेका हुन्।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अन्तिम निर्णय नआएसम्म सांसदको हैसियतमा काम गर्न रोक लगाउन भनिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलवार १७:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !