मिथिलाका मेयर महेन्द्र महतोलाई कांग्रेसबाट निष्काशन गर्न सिफारिस

मिथिलाका मेयर महेन्द्र महतोलाई कांग्रेसबाट निष्काशन गर्न सिफारिस
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १३, शुक्रबार १९:२२
मिथिलाका मेयर महेन्द्र महतोलाई कांग्रेसबाट निष्काशन गर्न सिफारिस

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोलाई नेपाली कांग्रेसबाट निष्काशन गर्न सिफारिस गरिएको छ ।

बिहीबार धनुषाको महेन्द्रनगरमा बसेको कांग्रेसको क्षेत्रीय समितिको विस्तारित बैठकले मेयर महतोलाई ६ वर्षको लागि पार्टीबाट निष्काशन गर्न सिफारिस गर्ने निर्णय भएको पार्टीका क्षेत्रीय सचिव बुधेश्वर महतोले जानकारी दिनुभएको छ ।

ADVERTISEMENT

उनका अनुसार पार्टीका मिथिला नगरपालिका दुई का वडा सभापति अशेश्वर महतो र बटेश्वर गाउँपालिका तिन का वडासभापति राममणि कुशवाहाको जिम्मेवारी खोस्ने निर्णय गरिएको हो । कुशवाहा बटेश्वर गाउँपालिका–३ का वडाध्यक्ष समेत हुन् ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका धनुषा–४ का प्रतिनिधिसभा सदस्य पदका प्रत्यासी महेन्द्र यादवकै प्रस्तावमा मेयर महतोलाई निष्काशन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । ‘महेन्द्रजीले नै मेयरसाबलाई पार्टीबाट निष्काशन गर्ने प्रस्ताव ल्याउनु भयो । त्यसमा सर्वसम्मत निर्णय भयो,’ ती नेताले भने, ‘मेयर साबले पार्टीविरुद्ध गतिविधिमा संलग्न रहेको बलियो प्रमाण भेटिएको छ ।’

मेयर महेन्द्र महतोलाई कारवाही का लागि सिफारिस गरेसँगै उनका समर्थकहरूले समाजिक सञ्जालमा आपत्ति जनाएका छन् । विसं २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा महेन्द्र यादव हार्द अन्तरघात को आरोप लगाएका डा. चन्द्रमोहन यादव अहिले समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य मा निर्वाचित भएका छन्।

यसपाली बालेन प्रधानमन्त्री फ्याक्टरले हार्दा फेरि अर्का नेताले घार गर्यो भनेर भन्नु सरासर गलत रहेकोको हुनाले कारबाही तुरुन्तै फिर्ता लिएकै राम्रो हुने
नेपाली कांग्रेसका मिथिला नगरपालिका दुई का नेता रामहृदय महतो बताउँछन् ।

मेयर महेन्द्र महतोलाई कारवाही गर्ने सिफारिस गरेसँगै मिथिला नगरपालिका नेपाली कांग्रेस पार्टी भित्र आन्तरिक द्वन्द्व सिर्जना भएको छ। एक नेताका अनुसार नेपाली कांग्रेस सुध्रिएको बाटो तर्फ नगई एकले अर्कालाई कार्वाही गर्दै जाने हो भने आउँदो स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई घाटा हुनसक्ने अनुमान गरेका थिए ।

प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार १९:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !