सुनसरी–४ मा ई.दीपककुमार साह निर्वाचित

सुनसरी–४ मा ई.दीपककुमार साह निर्वाचित
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन २५, सोमबार ००:३६
सुनसरी–४ मा ई.दीपककुमार साह निर्वाचित

जनकपुरधाम : प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार इन्जिनियर दीपककुमार साह निर्वाचित भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार साहले ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।

ADVERTISEMENT

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरेका छन्। साहले कार्कीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ८ हजार ६३१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महमद महफुज अन्सारीले ३ हजार ४३२ मत पाएका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७६३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार ००:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !