धनुषा–२ मा कांग्रेसबाट दिनेश परसैलाले गरे मनोनयन दर्ता

धनुषा–२ मा कांग्रेसबाट दिनेश परसैलाले गरे मनोनयन दर्ता
मधेशपत्र मधेशपत्र २०८२ माघ ६, मंगलवार २१:१६
धनुषा–२ मा कांग्रेसबाट दिनेश परसैलाले गरे मनोनयन दर्ता

जनकपुरधाम : नेपाली कांग्रेसका दिनेश प्रसाद यादव परसैलाले धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।

परसैलाले बिदेह नगरपालिकास्थित तिनकौरियामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीमा नवीन गोहिवार यादव समर्थक र रामचन्द्र मण्डल प्रस्तावक रहेका छन्।

ADVERTISEMENT

परसैला नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि पहिलो पटक टिकट पाउने नेता हुन्। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसकै रामकृष्ण यादव निर्वाचित भएका थिए।

यसअघि परसैला संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन धनुषा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसकै टिकटमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार २१:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !