सिरहामा विद्यार्थी–ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सिरहामा विद्यार्थी–ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ पुष ८, मंगलवार १९:४०
सिरहामा विद्यार्थी–ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सिरहा : सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका-३ स्थित रहेको श्री जनता उच्च माध्यमिक विद्यालय, दौरीपट्टिमा विद्यार्थीसँग ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थी जनमत संघका अध्यक्ष पोषण यादवको पहलमा मंगलबार आयोजित विद्यार्थीसंग ट्राफिक सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सीनाले हुलाकी राजमार्गमा बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा र सचेतनाबारे जानकारी दिइएको थियो।

ADVERTISEMENT

कार्यक्रममा सुरक्षित सडक प्रयोग, ट्राफिक चिन्हको महत्व, हेलमेट र सिट बेल्टको प्रयोग तथा पैदल यात्रुका नियमबारे प्रशिक्षण दिइएको थियो।

विद्यार्थी जनमत संघका अध्यक्ष पोषण यादवले सडक दुर्घटना न्यूनीकरणका लागि जिल्लाका हरेक निकाय, क्षेत्र र वर्गले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए। उनले ट्राफिक प्रहरीको सक्रियता र समुदायप्रतिको सकारात्मक सोचप्रति आभार व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक उमेश साहले विद्यार्थीको सुरक्षाका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रममा स्थानीय ट्राफिक प्रहरी , विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ पुष ८, मंगलवार १९:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !