प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १६:३५
प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढलेपछि प्रधानमन्त्री बनेकी थिइन् ।

जेनजीको मागअनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १६:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !