पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति जनअधिकार पार्टीको आपत्ति, तत्काल रिहाइको माग

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति जनअधिकार पार्टीको आपत्ति, तत्काल रिहाइको माग
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार १७:५१
पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति जनअधिकार पार्टीको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं : जनअधिकार पार्टीले नेपाल प्रहरीद्वारा पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका अध्यक्ष डा. शरद सिंह यादवद्वारा जारी प्रेस विज्ञप्तिमा समाचार लेखेकै आधारमा श्रेष्ठलाई राज्यले सबै विधि, मापदण्ड तथा कानुनी प्रक्रिया नपुर्‍याई पक्राउ गरेको भन्दै त्यसलाई लोकतन्त्रविरुद्धको कदमका रूपमा टिप्पणी गरिएको छ।

ADVERTISEMENT

विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रियाको पालना गर्न राज्यसँग आग्रह गरिएको छ। जनअधिकार पार्टीले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्नसमेत माग गरेको छ।

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनलाई ललितपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी गरिएको समाचार सार्वजनिक भएको छ।

श्रेष्ठ पक्राउ प्रकरणमा प्रेस काउन्सिल नेपालसहित विभिन्न पत्रकार तथा संघसंस्थाले समेत चासो र आपत्ति जनाएका छन्।

जनअधिकार पार्टीका अध्यक्ष डा. यादवले जारी गरेको विज्ञप्तिमा राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मर्मअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिँदै पत्रकार श्रेष्ठको तत्काल रिहाइको माग दोहोर्‍याइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १७:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !