खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार १८:४८
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

जनकपुरधाम : धनुषामा खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नगराइन नगरपालिका–८, खिरखिरियाका बिन्देश्वर दासका २५ वर्षीय छोरा सितेश कुमार दास रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः४० बजे खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लागेर सितेश घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ उनलाई मृत घोषणा गरेका थिए। मृतकसँग उनका भाइ सञ्जय कुमार दास रहेका थिए।

घटनाबारे अस्पतालबाट प्रहरी चौकी डेवडियामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक सञ्जय कुमार राय यादवको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

घटनास्थल प्रहरी चौकी डेवडिया धनुषाबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १८:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !