सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो

सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १७, मंगलवार १९:४९
सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो

विराटनगर : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मित्र राष्ट्र भारतसँगको सीमा विवाद वार्ता एवं संवादबाट समाधान गर्नुपर्ने बताएका छन् ।

पार्टीको मोरङ कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिए ।

ADVERTISEMENT

अध्यक्ष महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मुलुकका दलहरूले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले यसमा सुधार आवश्यक रहेको धारणा अध्यक्ष महतोले राखे।

उनले सङ्घीयतामा सुधार गरी आदिवासी जनजाति, मधेसी, थारुलगायतको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १९:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !