राष्ट्रिय युवा मंच धनुषा अध्यक्षमा साहलाई मनोनीत

राष्ट्रिय युवा मंच धनुषा अध्यक्षमा साहलाई मनोनीत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १९:१९
राष्ट्रिय युवा मंच धनुषा अध्यक्षमा साहलाई मनोनीत

जनकपुरधाम : राष्ट्रिय मुक्ति पार्टी नेपालका भातृ संगठन राष्ट्रिय युवा मंचले राधाकृष्ण साह (किसन)लाई धनुषा जिल्लाको अध्यक्षमा मनोनयन गरेको छ।

पार्टीका अध्यक्ष राजेश चौधरी (राजु)ले मनोनयनपत्रमार्फत साहलाई जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै संगठनलाई सुदृढ बनाउनेमा विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

अध्यक्ष चौधरीले साहको कार्यकाल सफल र सार्थक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै, मनोनयनप्रति बधाई पनि दिएका छन्।

यस मनोनयनसँगै धनुषा जिल्लामा युवा मंचको गतिविधिहरू अझ सक्रिय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १९:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !