पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत

पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार ११:४८
पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् ।

पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् ।

ADVERTISEMENT

स्वागतमा कसैलाई नजान एमाले नेतृत्वको कडा निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण भएकी हुन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले भण्डारीको स्वागतका लागि नजान नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका थियो । तर, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको निर्देशन अवज्ञा गर्दै शनिबार बिहान पौने ९ बजे पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन आह्वान गरेका थिए ।

ओली पक्षले भण्डारीको कार्यक्रममा कार्यकर्तालाई रोक्ने प्रयास गरेपछि पूर्व खेलकुदमन्त्रीसमेत रहेका पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहलगायतका नेताहरू स्वागतको तयारीमा जुटेका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार ११:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !