आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार १५:२५
आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

विराटनगर : कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएका छन् ।

सरकारले प्रेस स्वतन्त्रतामाति अंकुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा धर्ना दिइएको हो ।

ADVERTISEMENT

धर्ना कार्यक्रममा पत्रकारहरुले ‘प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ भन्दै नारा लगाएका थिए ।

यस्तै, पत्रकार महासंघका जिल्ला शाखाहरूले पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएर विधेयकको विरोध जनाएका छन्। महासंघले शुक्रबार दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिने माग सम्बोधन नभए थप आन्दोलन गर्ने जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार १५:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !