गाउँलेद्वारा मन्त्री लखेट

गाउँलेद्वारा मन्त्री लखेट
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार १३:४७
गाउँलेद्वारा मन्त्री लखेट

भारत : भारतको बिहार सरकारका मन्त्री श्रवण कुमार बुधबार बिहान नालन्दा जिल्लाको हिल्सा थाना क्षेत्रअन्तर्गतको मलावन गाउँमा गाउँलेको आक्रोशको शिकार बनेका छन्।

भारतीय पत्रिका जागरण का अनुसार मन्त्री कुमारलाई गाउँलेहरूले ढुंगामुढा गर्दै लखेटे, जसपछि ज्यान जोगाउन उनले करिब १ किलोमिटर दौडनुपरेको थियो।

ADVERTISEMENT

तीन दिनअघि सोही गाउँमा भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो। मृतक परिवारलाई सान्त्वना दिन मन्त्री कुमार स्थानीय विधायकसहित गाउँ पुगेका थिए।

सुरुवातमा गाउँलेहरूले मन्त्रीलाई केही समय गाउँमै बस्न आग्रह गरेका थिए। तर उनले अन्य कार्यक्रममा जानुपर्ने भन्दै फिर्ता हुने संकेत गरेपछि वातावरण तातेको थियो।

त्यसपछि पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै गाउँले आक्रोशित बने र मन्त्रीसहितको टोलीलाई घेरेर आक्रमण गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १३:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !