रवि लामिछानेको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै

रवि लामिछानेको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार १२:२६
रवि लामिछानेको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुँदै छ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी रहेको छ ।

सभापति लामिछानेले श्रीमती निकिता पौडेलमार्फत रिहाइको माग राखेर सोमबार उच्च अदालतमा निवेदन दिएका थिए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले विगो वापतको रकम बुझाएर थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने माग राखेका छन् ।

ADVERTISEMENT

उक्त माग राखेर लामिछानेले यसअघि जिल्ला अदालत रुपन्देहीमा पनि निवेदन दिएका थिए । तर, जिल्ला अदालतले निवेदन खारेज गरिदिएपछि उनले उच्चमा निवेदन दिएका हुन् ।

सभापति लामिछाने अहिले ललितपुरस्थित नख्खु कारागारमा रहेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १२:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !