कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको शिक्षा विधेयकविरुद्ध प्रदर्शन

कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको शिक्षा विधेयकविरुद्ध प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १७:२३
कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको शिक्षा विधेयकविरुद्ध प्रदर्शन

काठमाडौं : निजी विद्यालय सञ्चालक संगठनहरू प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले विद्यालय शिक्षा विधेयकका प्रावधानविरुद्ध सोमबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

सञ्चालकहरूले हातमा कालोपट्टी बाँधेर नाराबाजी गर्दै विधेयकले निजी विद्यालयमाथि लगाउने बाध्यताजनक व्यवस्थाको विरोध गरेका हुन्।

ADVERTISEMENT

उनीहरूले पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने दायित्व तोक्ने र विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउनेजस्ता प्रावधान खारेज गर्न माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले “राज्यले शिक्षकको ठूलो भार, निजी विद्यालयले लाउँदैछन् पार”, “गुणस्तरीय शिक्षा निजी विद्यालयको प्रतिवद्धता”, “समग्र शिक्षाको विकास, राष्ट्र निर्माणको आधार” जस्ता प्लेकार्डसहित नाराबाजी गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १७:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !