एमाले छाडेका युवा नेता देवकृष्ण मण्डल रास्वपामा प्रवेश

एमाले छाडेका युवा नेता देवकृष्ण मण्डल रास्वपामा प्रवेश
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २२, सोमबार १०:४३
एमाले छाडेका युवा नेता देवकृष्ण मण्डल रास्वपामा प्रवेश

जनकपुरधाम : नेकपा एमालेको साधारण सदस्यसमेतबाट राजीनामा दिएका पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता देवकृष्ण मण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच धनुषा–२ का प्रतिनिधिसभा सदस्य रामविनोद यादवको विशेष उपस्थितिमा रास्वपा मधेस प्रदेशका RAT विभाग प्रमुख अम्भु प्रसाद साहले मण्डललाई गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश कार्यक्रममा रास्वपा हंसपुरका युवा नेता मनोजकुमार यादव, रामभजन यादव, ललित यादवलगायत नेताहरूको उपस्थिति थियो।

मण्डललाई रास्वपामा प्रवेश गराउन हंसपुरका युवा नेताहरू मनोजकुमार यादव, रामभजन यादव र ललित यादवले विशेष पहल गरेको बताइएको छ।

पार्टी प्रवेशपछि मण्डलले रास्वपाको नीति, विचार र उद्देश्यअनुसार संगठन निर्माण तथा जनताको पक्षमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रास्वपा नेताहरूले मण्डलको प्रवेशले धनुषा–२ सहित हंसपुर क्षेत्रमा पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १०:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !