भारतबाट अवैध रूपमा ल्याइएको २ करोड बढीको एयर बड्स बरामद

भारतबाट अवैध रूपमा ल्याइएको २ करोड बढीको एयर बड्स बरामद
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २०, शनिबार १२:०२
भारतबाट अवैध रूपमा ल्याइएको २ करोड बढीको एयर बड्स बरामद

जनकपुरधाम : महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान २ करोड बढीको एयर बड्स बरामद भएको छ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १२ सय थान एयर बड्स बरामद भएको हो। बरामद भएको एयर बड्सको मूल्य २ करोड ४० लाख रुपैयाँ रहेको छ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोष्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले एयर बड्स बरामद गरेको हो।

उक्त एयर बड्स ल्याउने व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए। बरामद गरिएको एयर बड्स सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको शसस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार १२:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !