करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १२:१६
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा : झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीको खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

ADVERTISEMENT

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १२:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !