भ्रष्टाचारी ठहर भएका कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

भ्रष्टाचारी ठहर भएका कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १०:१०
भ्रष्टाचारी ठहर भएका कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

सर्लाही : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।

सिंहले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्। आफूमाथि दायर मुद्दामा अदालतले दिएको आदेशलाई स्वीकार गर्दै पद छाडेको उनले बताएका छन्। साथै, आफू अन्यायमा परेको दाबी गर्दै कानुनी लडाइँ जारी रहने पनि प्रष्ट पारेका छन्।

ADVERTISEMENT

विशेष अदालतले सिंहलाई तत्कालीन मनुस्मारा सिंचाइ आयोजनाको जल उपभोक्ता समिति अध्यक्ष रहँदा भ्रष्टाचार गरेको ठहर गरेको थियो। विशेषको फैसला सदर गर्दै सर्वोच्च अदालतले समेत उनलाई चार महिना १५ दिन कैद सजाय र एक करोड २३ लाख रुपैयाँ बिगो भराउने आदेश दिएको थियो।

सर्वोच्चको फैसलापछि पनि सिंहले सभापतिको जिम्मेवारी निर्वाह गरिरहेका थिए। तर, अदालतले दोषी ठहर गरेको व्यक्तिले राजीनामा नदिएको भन्दै इतरपक्षका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए। केन्द्रको दबाबसँगै जिल्लाभित्रका नेताहरूको निरन्तर मागपछि सिंहले अन्ततः देउवालाई भेटेर राजीनामा बुझाएका हुन्।

सिंह संस्थापन पक्षसँग निकट मानिन्छन्। उनी पदबाट राजीनामा दिए पनि कांग्रेस सर्लाहीमा कार्यवाहक जिल्ला सभापति भने अझै तोकिएको छैन।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १०:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !