कल्याणपुर नगरसभामा तानाशाही प्रयासविरुद्ध उच्च अदालतको अन्तरिम आदेश

कल्याणपुर नगरसभामा तानाशाही प्रयासविरुद्ध उच्च अदालतको अन्तरिम आदेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार १८:१३
कल्याणपुर नगरसभामा तानाशाही प्रयासविरुद्ध उच्च अदालतको अन्तरिम आदेश

सिरहा : सिरहाको कल्याणपुर नगरपालिकामा जबरजस्ती नगरसभा गर्न खोजिएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ।

वडा नं. ९ का अध्यक्ष तथा जनमत पार्टीका युवा नेता विनोद कुमार यादवले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले १२औं नगरसभाको कार्यवाही रोक्न आदेश दिएको हो। अदालतले विपक्षीलाई लिखित जवाफसहित उपस्थित हुन समेत भनेको छ।

ADVERTISEMENT

रिट निवेदनमा कार्यवाहक नगरप्रमुख रेखा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवसहितका केही वडाध्यक्षहरूले मिलेमतो गरी तानाशाही ढंगले नगरसभा गर्न खोजेको आरोप लगाइएको छ।

उच्च अदालत नियमावली, २०७३ को दफा ४२(१) बमोजिम अदालतले २०८१ भदौ ५ गतेसम्म नगरसभा नगर्न स्पष्ट आदेश दिएको हो।

वडा अध्यक्ष यादवले नगरपालिकामा फैलिएको अनियमिता, अपारदर्शिता र तानाशाही प्रवृत्तिविरुद्ध कानुनी लडाइँ थालेको भन्दै स्थानीय नागरिकले उनको कदमको खुलेर समर्थन गरेका छन्। उनीहरूले भ्रष्टाचारमुक्त र उत्तरदायी स्थानीय सरकार निर्माणमा वडाध्यक्ष यादवको भूमिकाको प्रशंसा गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार १८:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !